२०८३ बैशाख १९ गते , शनिबार

मेचीनगर संचार प्रतिष्ठान खारेज गर्न माग

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र २१ गते , मंगलबार
मेचीनगर संचार प्रतिष्ठान खारेज गर्न माग

बिर्तामोड । झापाको मेचीनगर नगरपालिकाले गठन गरेको मेचीनगर संचार प्रतिष्ठानप्रति झापामा कृयाशिल संघ संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले मंगलबार संयुक्त विज्ञप्ती जारी गर्दै आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन ।   
प्रतिष्ठानमार्फत पालिकालाई संचारमैत्री बनाउने भन्दै गठन गरिएको प्रतिष्ठान स्वेच्छाचारी ढंगबाट गठन गरिएको भन्दै ती संगठनहरुले आपत्ति जनाएका हुन । पालिकाले संचारकर्मीहरुसँग कुनै छलफल नगरी ऐन नै नबनाई कार्यविधिमार्फत प्रतिष्ठान गठन गरिनुले संचार क्षेत्रमाथी हस्तक्षेप गरेको उनीहरुको ठहर छ । 'मनोमानी ढंगले गठित प्रतिष्ठान तत्काल खारेज गरि मेचीनगरका आम संचारकर्मीसँगको छलफलबाट संचार ऐन र नियमावली बनाएर प्रतिष्ठान गठन गर्न जोडदार माग गर्दछौं,' विज्ञप्तीमा भनिएको छ । 
उनीहरुले प्रतिष्ठानमार्फत संचार माध्यमलाई सवलीकरण गर्नु स्वागतयोग्य कदम भएतापनि प्रतिष्ठान गठन गर्दा संचारकर्मीले थाहा नपाउनु दुखद भएको जनाएका हुन । 
पालिकाले गरेको यो निर्णय तत्काल सच्याएर संचारकर्मीसँग छलफल गरि संचार ऐन बनाएर प्रतिष्ठान गठन गर्न उनीहरुले जोडदार माग गरेका छन । 

 

सम्बन्धित समाचार