२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडको प्रकोप पीडितलाई सहयोग

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र १९ गते , आईतबार
बिर्तामोडको प्रकोप पीडितलाई सहयोग

बिर्तामोड । शुक्रवार साँझ आएको हावाहुरी सहितको असिना पानीले घरको छाना उडाएर विचल्लीमा परेका परिवारलाई त्रिपाल वितरण गरिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर २ का ७० घरपरिवारलाई राहत स्वरुप ८० थान त्रिपाल वितरण गरिएको हो ।
बिर्तामोड नगरपालिकाको ६० र नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको २० थान त्रिपाल विभिन्न टोलमा पुगेर वितरण गरेएको हो । पीडितहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले त्रिपाल हस्तान्तरण गरिन् ।
नगर प्रमुख प्रसाईले तत्काल किनेर व्यवस्थापन गर्न नसक्नेहरुको लागि त्रिपाल वितरण गरिएको बताउइन् । उनले कृषकको क्षतिको विवरण संकलन गरेर कृषि ज्ञानकेन्द्रसँग समन्वय गरी आवश्यक सहयोगका लागि पहल गर्ने प्रतिबद्घता समेत जनाइन् । नगर प्रमुख प्रसाईले आइतबार विहान वडा नम्बर २ का विभिन्न टोलमा पुगेर कृषिमा भएको क्षतिको अनुगमन गरिन् ।
हावाहुरीका कारण बिर्तामोड २ मा ७० वटा घर र ४२ वटा गाईगोठमा क्षति पुगेको छ । यस्तै ९० विगाह भन्दा बढी जग्गामा रहेको मकै तथा तरकारीवाली नष्ट भएको वडाअध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।
नगरपालिकाले १० वटै वडाहरुमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार