२०८० जेष्ठ १६ गते , मंगलबार
खप्तड गोल्डकपको उपाधि थ्री स्टारलाई

धनगढी । धनगढीमा भएको छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ ।
धनगढी रंगशालामा शनिबार भएको फाइनलमा खेलमा ए डिभिजन प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्री स्टारले प्रतियोगिताको उपाधि जितेको हो ।
थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक–एक गोल गरे । अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको इन्जुरी समयको चौंथो मिनेटमा कप्तान बिक्रम लामाले गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाएका हुन् । उपाधि जितेसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ पुरस्कार पाएको छ ।