२०८० चैत्र १६ गते , शुक्रबार
इलाम कारागारबाट फरार कैदी पक्राउ
इलाम । इलाम कारागारबाट बिहीबार फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ । झापा मेचीनगर नगरपालिका–३ बाहुण्डाँगीका ३४ वर्षीय साइला भनिने मनराज राईलाई प्रहरीले आज (शुक्रबार) पक्राउ गरेको हो ।
विहीबार कारागारको कम्पाण्ड वालमा चढेर फरार राईलाई कारागारबाट करिब १८ किलोमिटर टाढा इलाम नगरपालिका–९ र १० स्थित माईखोला छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक दिलीप घिमिरेको नेतृत्वमा खटिएको बिशेष अनुसन्धान टोलीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखेर थप अनुसन्धान गरिरहेको जिप्रका इलामका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।
गत असोजमा डाँका मुद्दामा जेल परेका राईलाई जिल्ला अदालतको गत कात्तिक १५ को फैसला अनुसार ८ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।