२०८३ बैशाख १९ गते , शनिबार

इलाम कारागारबाट फरार कैदी पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र १७ गते , शुक्रबार
इलाम कारागारबाट फरार कैदी पक्राउ

इलाम । इलाम कारागारबाट बिहीबार फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ । झापा मेचीनगर नगरपालिका३ बाहुण्डाँगीका ३४ वर्षीय साइला भनिने मनराज राईलाई प्रहरीले आज (शुक्रबार) पक्राउ गरेको हो ।

विहीबार कारागारको कम्पाण्ड वालमा चढेर फरार राईलाई कारागारबाट करिब १८ किलोमिटर टाढा इलाम नगरपालिका९ र १० स्थित माईखोला छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक दिलीप घिमिरेको नेतृत्वमा खटिएको बिशेष अनुसन्धान टोलीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखेर थप अनुसन्धान गरिरहेको जिप्रका इलामका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

गत असोजमा डाँका मुद्दामा जेल परेका राईलाई जिल्ला अदालतको गत कात्तिक १५ को फैसला अनुसार ८ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

सम्बन्धित समाचार