२०८३ बैशाख १९ गते , शनिबार

मुस्लिम युवाले देखाए धार्मिक सहिष्णुता

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र १७ गते , शुक्रबार
मुस्लिम युवाले देखाए धार्मिक सहिष्णुता

बिर्तामोड । आफ्नो धर्मसंस्कार र रीतिरिवाजको जगेर्ना गर्ने उद्धेश्यले मारवाडी युवा मञ्च बिर्तामोडले बृहत मोटरसाइकल तथा कार र्यालि गरेको छ । उक्त र्यालीमा मुस्लिम युवाहरुले धार्मिक सहिष्णुता देखाएका छन् ।

राम नवमीको अवसर पारेर आयोजना गरिएको उक्त र्यालीमा सहभागीलाई मुस्लिम युवाहरुले पिउने पानीको व्यवस्था गरेका थिए । व्यवसायी अमिर खानलगायत मुस्लिम युवाहरुले र्यालीमा सयोँ सहभागीलाई पिउने पानी वितरण गरेका थिए ।

मारवाडी युवा मञ्चले आयोजना गरेको मेरो श्री राम बाइक तथा कार र्यालीमा सहभागीहरुलाई काकरभिट्टा रोडमा उनीहरुले पानी वितरण गरेका हुन् ।

पश्चिमी सभ्यतातिर गइरहेको संस्कारलाई निरुत्साहित गरि आफ्नै चाड पर्व लाई जर्गेना गर्ने उद्धेश्य लिएर गत बर्षदेखि मारवाडी युवा मञ्चले यस्ता खालका कार्यक्रम र र्याली गर्दै आएको मारवाडी युवा मञ्च बिर्तामोडका अध्यक्ष टेकेन्द्र अग्रवाल टोनीले जानकारी दिए ।

ताण्डव नृत्य, झाँकीसहित बिर्तामोडको बालाजी मन्दिरबाट शुरु भएको र्याली मुक्तिचोक, सुगम पेट्रोलपम्प, मुक्तिचोक, बिर्ताबजार, चारपाने हुँदै वान स्टप मलमा आएर विविध कार्यक्रम गरि सम्पन्न भएको मारवाडी सेवा समिति बिर्तामोडका सचिव दीपक मित्तलले जानकारी दिए ।

र्यालीमा मारवाडी सेवा समिति, मारवाडी युवती मञ्च, अग्रशेन भवनसमिति ,मारवाडी महिला मञ्च, बालाजी मन्दिर ब्यवस्थापन समिति, छठ युवा फ्रन्ट बिर्तामोड, कृष्ण प्रणामी युवा परिषद, विश्व हिन्दु महासंघ लगायत विभिन्न संघ÷संस्थाको सहभागिता रहेको युवा मञ्चका अध्यक्ष अग्रवालले जानकारी दिए ।

सम्बन्धित समाचार