नारी सञ्चार गृहको नेतृत्वमा गौतम
बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित भएकि छन् । झापाली महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको विर्तामोडमा मंगलबार सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ चयन भएकाछन् ।
यसैगरी समितिका सदस्यहरुमा भारती राई, टिका पोखरेल, अनुषा चुडाल, दिपा पोखरेल, विनिसा गौतम, मिना विश्वकर्मा रहेका छन् । संस्थाको विधान बमोजिम पहिलो बैठकले एकजना सदस्य मनोनयन गर्नेछ ।
संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालको संयोजकत्वमा मोहनकाजी न्यौपाने, ज्ञानेन्द्र निरौला र राजु पाठक सदस्य रहेको निर्वाचन समितिले निर्विरोध नेतृत्व चयनमा भूमिका खेलेको थियो ।
यसअघि संस्थाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द्र छेत्री, वर्तमान अध्यक्ष एकराज गिरी, प्रेस युनियन प्रदेश नम्बर १ का उपाध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक लगायतले शुभकामना मन्तब्य राख्दै पत्रकारिता क्षेत्रका समस्या समाधानमा सहकार्य जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा सचिव भूमिका सुब्बाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्ष जोश्ना श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।