२०८३ बैशाख १९ गते , शनिबार

लागू औषध नियन्त्रणमा सक्रिय बन्दै बिर्तामोड प्रहरी

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ५ गते , आईतबार
लागू औषध नियन्त्रणमा सक्रिय बन्दै बिर्तामोड प्रहरी

बिर्तामोड विभिन्न अपराधिक गतिविधिसँग सम्बन्ध राख्ने लागू औषध नियन्त्रणमा इलाका प्रहरी कार्यालय अनारमनी सक्रिय बनेको

प्रहरीले पछिल्लो एक महिनामा लागू औषध कारोबारमा संलग्न १६ जनालाई पक्राउ गरेको पक्राउ पर्नेमा १४ जना पुरुष जना महिला रहेको इप्रका अनारमनीका प्रमुख डीएसपी सुरज कार्कीले जानकारी दिए उनीहरुको साथबाट ठूलो मात्रामा लागू पदार्थसमेत बरामद भएको उनले बताए

पछिल्लो पटक बिर्तामोड नगरपालिका वडा नम्बर बाट सुवास ताजपुरिया प्रविण ताजपुरियालाई ठूलो मात्रामा लागू पदार्थ नक्कली नोटसहित पक्राउ गरेको ताजपुरिया दाजुभाई लामो समयदेखि लागू औषध कारोबारमा संलग्न रहेको स्थानीयहरु बताउँछन्

लागू औषध प्रयोगकर्ता अन्य जघन्य अपराधसँग जोडिने भएकाले यसको नियन्त्रण अत्यावश्यक भएको उनले बताए अनारमनी प्रमुखको रुपमा आउने वित्तिकै सञ्चारकर्मीहरुसँगको भेटघाटमा लागू औषध नियन्त्रणलाई प्राथमिकतामा राख्ने बताएका कार्की यसको नियन्त्रणमा निर्मम रुपमा प्रस्तुत भएको बताउँछन्    

सम्बन्धित समाचार