२०८३ बैशाख १९ गते , शनिबार

प्रदेशको नामाकरणको बिरोधमा प्रदर्शन

sajilo news
परिवेश मिडिया
२०७९ चैत्र ५ गते , आईतबार
प्रदेशको नामाकरणको बिरोधमा प्रदर्शन

बिराटनगर । मोरङको विराटनगरमा अहिले प्रदेशको नाम कोशी राखेको विरोधमा प्रदर्शन भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार नै प्रदर्शन रोक्न निषेधाज्ञा जारी गरे पनि पहिचान पक्षधरहरूले त्यसको बेवास्ता गर्दै प्रदर्शन सुरू गरेका हुन्।
प्रदेश नम्बर १ पुन: नामांकन संघर्ष समिति बनाएर उनीहरूले प्रदर्शन गरिरहेका छन्।
फागुन १७ मा प्रदेश सभाको दुई तिहाइ मतले प्रदेशको नाम कोशी राखेको थियो।  लगत्तै पुनः नामाकन गर्नुपर्ने मागसहित आन्दोलन सुरू भएको छ।
निषेधाज्ञाबीच प्रदर्शन हुन थालेपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्बन्धित समाचार