संसदको खुलापनले संघिय लोकतन्त्र बलियो हुन्छ : नर्वेजियन राजदुत ड्रामदल
विराटनगर । नेपालका लागि नर्वेजियन राजदूत टोरून ड्रामदलले नेपालमा संसदको खुलापनलाई बढाउदै लान सकेमा संघिय लोकतन्त्र अझै बलियो भएर जाने बताएकी छन ।
युएनडिपी संसद सहयोग परियोजनाबारे बुझन कोसी प्रदेश आएक ीड्रामदलले संसदीय पत्रकार मञ्च कोसी प्रदेशका टोलीसँग विराटनगरमा भेटघाट गर्दै संसद खुला र पारदर्शी भएमा नागरिकमैत्री बन्दै जाने र त्यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने बताएकी हुन ।
उनले संसद भनेको नागरिकहरुको आवाजको प्रतिनिधित्व गर्ने सर्बोच्च सँस्था भएकोेले संसदको खुलापनलाई बढाउदै लानु पर्नेमा जोड दिइन । राजदुत ड्रामदलले नेपालको लोकतन्त्र अन्य मुलुकहरुको तुलनामा उन्नत रहेको बताउँदै प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता र संसदको खुलापनपनि सन्तोषजनक रहेको बताईन । राजदुत ड्रामदलले कोसी प्रदेशमा संसदको खुलापनको अवस्था र पत्रकारहरुले भोग्नुपरेका समस्या, प्राप्त गरेको सिकाईबारे राजदुत ड्रामदलले जिज्ञासा राखेकी थिइन ।
उनको जिज्ञासामा संसदीय पत्रकार मञ्चकोसी प्रदेश अध्यक्ष गणेश लम्साल , मञ्चका सल्लाहकार विवेक गौतम , सचिव कुमार लुँईटेल, सहसचिव तारा आचार्य , कोषाध्यक्ष विनु तिम्सिना , सदस्यहरु राजु अधिकारी लगायतले ससदको खुलापनको अवस्था बढदै गएपनि अझै दिगोपन ल्याउनका लागि संवादको खाँचो रहेको बताएका थिए । मञ्चका अध्यक्ष गणेश लम्सालले कोसी प्रदेशको संसदमा रिर्पोटिङ गर्ने पत्रकारहरुले अझै धेरै चुनौतीको सामना गर्नु परिरहेको र क्षमता अभिबृद्धिको खाँचो रहेको प्रस्ट्याएका थिए । अध्यक्ष लम्सालले संसदीय रिर्पोटिङमा महिला, दलित, मधेसीआदि सिमान्तकृत समुदायका पत्रकारहरुको पहुँच बृद्धि गरिनुपर्ने , कानुन निर्माणमा नागरिक सहभागिता बृद्धि गरिनु पर्ने, बिधेयकहरुमा नागरिक संवाद गराउनुपर्ने, जिल्लाका पत्रकारहरुलाई पनि संसदीय पत्रकारिताको महत्वबारे अभिमुखिकरण गरिनुपर्ने, बार्षिक छाँया प्रतिवेदन प्रकाशन गरिनु पर्ने र क्षमताअभिबृद्धिका लागि दिगो परियोजना सञ्चालन गरिनुपर्ने सुझाव दिएका थिए ।
पत्रकार भेटघाटमा नर्वेजियन राजुदताबासकी काउन्सिलर अनिला खानले संसदको खुलापनलाई बृद्धि गर्न पत्रकार, सांसद, र सचिवालयहरु विच सहकार्य हुनुपर्ने र समस्यालाई सवाल बनाउने गरि समुदायमा संबादको परम्परा विकास गर्नुपर्नेमा जोड दिइन । संघ र प्रदेश सभा संसदमा खुलापन बढदै गएको तर अझै बढाएर लानुपर्ने काउन्सिलर खानको भनाई छ ।
भेटघाटमा नेपाल स्थित संयुक्त्त राष्ट्रसंघिय विकास परियोजना (युएनडिपी) की मेनेजर कल्पना सरदारले पत्रकारहरुको संसदमा पत्रकारहरुको सहज पहुँच भएमात्र संसदको खुलापन बढदै जाने भएकोले क्षमताअभिबृद्धिका लागि युएनडिपीले आगामी दिनमा संसद सचिवालयलाई मात्र नभएर पत्रकारहरुलाई पनि सहयोग गर्ने गरि योजना निर्माण गर्ने आश्वासन दिइन ।
भेटघाटमा युएनडिपी संसद सहयोग परियोजनाका निर्देशक राजबहादुर श्रेष्ठ, टिम लिडर यामबहादुर किसान लगायतको सहभागीता रहेको थियो ।
राजदुत ड्रामदलको टोलीले बुधबार विराटनगर स्थित कोसी प्रदेश सभाका सभामुख बाबुराम गौतम, उपसभामुख श्रृजना दनुवारसहित सचिवालयसँग र त्यसपछि पुर्व सांसदहरुसँग भेटघाट गरि अन्र्तक्रिया गरेको थियो ।
नर्वे सरकारले संयुक्त राष्ट्रसंघीय विकास परियोजनाको संसद सहयोग कार्यक्रममार्फत संघ र प्रदेशमा संसदीय खुलापन र पारदर्शीताको पक्षमा सहयोग गर्दै आएको छ ।