२०८३ बैशाख १९ गते , शनिबार

महिलाका लागि सीपमूलक तालिम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन २८ गते , आईतबार
महिलाका लागि सीपमूलक तालिम सम्पन्न

बिर्तामोड   बिर्तामोड नगरपालिकाले महिलाका लागि सीपमुलक तालिम सञ्चालन गरेको   बिर्तामोड वडा नम्बर मा मकैका खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको हो

सिद्देश्वर शिवपाञ्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत  १२ दिने तालिम आईतबार सम्पन्न भएको हो

समापन कार्यक्रममा बोल्दै  नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानीय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्ने बताइन् उनले नेपालमा भारत, चीन लगायतका मुलुकबाट आयात भएको प्लाष्टिकका फूल भन्दा स्थानीय कच्चा पदार्थ प्रयोग गरि उत्पादन गरिएको सामाग्री प्रयोगमा जोड दिइन् यस्तै उनले स्थानीय उत्पादनलाई बाहिरका बजारमा समेत बिस्तार गर्नु पर्ने धारणा राखिन् कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख महताराले  समयलाई खेर नफाली उत्पादनमुखी कार्यमा लाग्न सबैलाई आग्रह गरिन्

नगरपालिकाका शाखा अधिकृत मेघराज बास्तोलाले तालिममा सिकेको सीप अरुलाई पनि बिस्तार गर्न सहभागीलाई आग्रह गरे प्रमाण पत्र लिएरमात्रै अर्थ नहुने भन्दै उनले व्यवसायिक बन्नु पर्ने धारणा राखे

सहभागीहरुलाई निर्मला भण्डारी चौहान, सुमित्रा अधिकारी खतिवडाले प्रशिक्षण दिएका थिए

वडा नम्बर की कार्यवहाक वडाअध्यक्ष हेमलता विश्वकर्माको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष विवेक मिश्र, वडा नम्बर की न्यायिक समिति सदस्य माया ढकाल लगायतको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार