राजनीतिमा धर्म हुनुपर्छ : अध्यक्ष लिङ्देन
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिमा धर्म हुनुपर्ने बताएका छन् । आइतबार झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा अतिथीको मन्तव्यको क्रममा लिङ्देनले धर्म बिनाको राजनीति फोहोरी हुने बताएका हुन् ।
बिर्तामोडमा पहिलो पटक कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्धेश्यीय सामुदायिक भवन निर्माणका लागि जग्गा खरिद गर्ने उद्धेश्यले आयोजित अनुष्ठानमा प्रमुख अतिथीको रुपमा बोल्दै अध्यक्ष लिङ्देनले राजनीतिमा धर्म भएन भने पवित्र नहुने बताए । ‘राजनीतिमा धर्म भएन भने पवित्र हुँदैन,’ उनले भने,‘राजनीतिले धर्म अंगिकार गर्नु पर्छ, अनुष्ठानहरुले सम्पूर्ण समाज र राजनेतालाई सत्विचार दिएर व्यवहारमा परिवर्तन गर्ने मौका दियो भने त्यो लोकका लागि हुन्छ ।’ उनले आफु धर्ममा विश्वास राख्ने बताउँदै कथा जिवनको लागि र जिवन परिवर्तनका लागि हुनुपर्ने धारणा व्यक्त गरे ।
भागवत मञ्जरी पुज्या राधिका दासीबाट कथा वाचन भइरहेको अनुष्ठान फागुन २७ गतेसम्म सञ्चालन हुनेछ ।