कर्मयोग भवन निर्माण गर्ने उद्धेश्यले आयोजित अनुष्ठानको भव्य उद्घाटन
बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक कर्मयोग भवन निर्माण गर्ने उद्धेश्यले आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको भव्य उद्घाटन भएको छ । अनुष्ठानको शनिबार सभामुख देवराज घिमिरेले उद्घाटन गरेका हुन ।
बिर्तामोड–४ मेघाबारी टोलस्थित अनुष्ठान स्थलबाट एक हजार आठ घडा लिएर विभिन्न संघसंस्थाका व्यानरसहित निस्किएको कलश यात्रा शनिश्चरे रोड हुँदै हिकोला रोडबाट दुर्गा मन्दिरलाई परिक्रमा गरेर फर्किएको थियो । कलश यात्राको क्रममा प्रमुख वाचिका राधिका दासी र जग्गादाता गुरुप्रसाद ओझालाई समेत नगर परिक्रमा गराइएको थियो ।
कलश यात्राको क्रममा नेवाः पासा मुना पुचः, नेपाल तामाङ घेदुङ संघ लगायत विभिन्न जातजातीका संघसंस्था, उर्जाशिल रामधुनी आमा समूह, पूर्वेली महिला नौमती बाजा संस्था, मेची महाकाली बुहारी संयुक्त आवाजलगायत महिलासँग सम्बन्धित संघसंस्था, इलाम झापा मैत्री समाज बिर्तामोड नगर समिति, दर्जनौँ भजन किर्तन मण्डलीको सहभागिता रहेको थियो ।
कीसहित ओम शान्ति परिवारको सहभागिता रहेको थियो । कलश यात्रापश्चात औपचारिक रुपमा कार्यक्रमको उद्घाटन भएको अनुष्ठान आयोजक समितिका सहसंयोजक छविलाल विश्वकर्माले जानकारी दिए । साङ्वेद संस्कृत विद्यालयका बटुकहरुले उद्घाटनका क्रममा स्वस्ती वाचन गरेका थिए ।
पुराण आयोजक समितिका संयोजक भिमा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, स्थानीय समाजसेवी राजकुमार पोखरेल, व्यवसायी तथा समाजसेवी सुरेशकुमार अग्रवाल भद्रपुरेले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख वाचिका पुज्या राधिका दासीले पुण्य कर्ममा बिर्तामोडबासी लागेको भन्दै प्रशंसा गरिन् । उनले मृत्यु निश्चित भएको भन्दै जीवन र जगत सबैले बुझ्नु पर्ने बताइन् । सानो सानो सहयोगलेपनि ठूलो कर्म गर्न सकिने बताउँदै सबै मिलेर उद्धेश्य पूरा गर्ने कार्यमा लाग्न आग्रह गरिन् । कार्यक्रमका प्रमुख अतिथी सभामुख घिमिरेले सामाजिक कार्य गर्ने उद्धेश्यले आयोजित अनुष्ठानको प्रसंशा गर्दै सफलताको कामना गरे । घना शहरको रुपमा विकास हुँदै गइरहेको बिर्तामोडमा कर्मयोग भवनको आवश्यकता रहेको बताउँदै यसको निर्माणका लागि सहयोग गर्न सबैलाई आग्रह गरे । उनले व्यक्तिगत तथा सरकारको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
कार्यक्रममा जग्गादाता गुरुप्रसाद ओझा, प्रतिनिधीसभा सदस्य अमृतलाल राजवंशी, पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी, नेकपा माओवादी केन्द्र झापाका सहइञ्चार्ज सिपी कडरिया, राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उप अनुसन्धान निर्देशक तुलसी प्रसाई, सशस्त्र प्रहरी उपरिक्षक देवराज अर्याल, प्रहरी नायव उपरिक्षक सुरज कार्की लगायत सयौँ मानिसको उपस्थिती रहेको थियो । सञ्चारकर्मी तथा अनुष्ठानका प्रचार संयोजक केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सहसंयोजक सूर्य कन्दङ्वाले स्वागत मन्तव्य राखेका थिए ।