२०८३ बैशाख १९ गते , शनिबार

झापाबाट हराएकी बालिकाको काठमाण्डौबाट उद्वार

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन १३ गते , शनिबार
झापाबाट हराएकी बालिकाको काठमाण्डौबाट उद्वार

बिर्तामोड झापाबाट तीन दिनदेखि हराइरहेकी मेचीनगर११ की १३ वर्षीया बालिकाको आज प्रहरीले काठमाडौँबाट उद्वार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी ती बालिकालाई अहिले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तमा राखिएको स्थानीय बलभद्र माध्यमिक विद्यालयमा अध्ययनरत बालिका तीन दिनअघि विद्यालयबाट घर नफर्किएपछि उनको खोजी भइरहेको थियो धुलाबारी इलाका प्रहरी कार्यालयमा बालिकाकी आमाले खोजतलासका लागि निवेदन दिएकी थिइन्

एक चिनियाँ नागरिकले बालिकालाई साथमा राखेको सूचना पाएपछि प्रहरीले उनको खोजी गरेको थियो ती चिनियाँ नागरिकले सातदोबाटो प्रहरी वृत्तमा बालिकासहित आत्मसमर्पण गरेको प्रहरीले जनाएको बालिकाको सुरक्षित उद्धार गरिएको ,’ सूचना अधिकारी रिजालले भने चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको

सम्बन्धित समाचार