२०८३ बैशाख १९ गते , शनिबार

राजु पाठकको नेतृत्वमा प्रेस सेन्टर झापाको सर्वसम्मत नेतृत्व चयन

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन १३ गते , शनिबार
राजु पाठकको नेतृत्वमा प्रेस सेन्टर झापाको सर्वसम्मत नेतृत्व चयन

बिर्तामोड प्रेस सेन्टर नेपाल झापाको अध्यक्षमा राजु पाठक चयन भएका छन् शनिबार सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट पाठकसहित सर्वसम्मत नेतृत्व चयन भएको हो

समितिको उपाध्यक्षमा होमप्रकाश अधिकारी, सन्तोष शर्मा शर्मिला पुरी सर्वसम्मत चयन भएका छन् भने सचिवमा पुष्प खड्का, सहसचिवमा सुमित भण्डारी विरेन्द्र सुब्वा कोषाध्यक्षमा केशव चापागाई चयन भएका छन्

कनकाई नगरपालिकास्थित सुकेडाँगी सामुदायिक बनको सभाहलमा भएको अधिवेशनले सदस्यमा टिकाराम बास्तोला, दर्पण शर्मा, प्रेमबहादुर तामाङ, रतन बुढाथोकी, बालदिवस तामाङ, पर्वत तामाङ भोला तिम्सिनालाई चयन गरेको

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की (पार्थ) को प्रमुख आतिथ्य रहेको थियो स्वागत संगठनकी उपाध्यक्ष सुश्मा कुमालले गरेको कार्यक्रमको सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए

कार्यक्रममा प्रमुख अतिथि कार्की, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, संगठनका प्रदेश अध्यक्ष विनोद घिमिरे, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, संगठनका पूर्व अध्यक्ष तारामणि सापकोटा, नेपाल प्रेस युनियनकी केन्द्रिय सचिव रेजिना गौतम, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजबादी प्रेस संगठन झापा उपाध्यक्ष दिलिप थापा, आदिबासी जनजाती पत्रकार महासंघ झापाकी अध्यक्ष भुमिका सुब्वा, मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बराललगायतले शुभकामना मन्तव्य राखेका थिए

त्यस्तै बन्दसत्रको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख मणिकुमार साम्पाङ (बिजय) लगायतले आफ्नो भनाई प्रस्तुत गरेका थिए संगठनका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा गठित अध्यक्ष मण्डलको सदस्यमा तारामणि सापकोटा डिकेश लामा सदस्य रहेका थिए उद्घाटन कार्यक्रममा संगठनका केन्द्रिय सदस्य लीलाराज झापाली, दयाराम दाहाल, संगठनका प्रदेश महासचिव सुजन तिम्सिना, मोरङ अध्यक्ष अर्जुन आचार्य, प्रेस क्लब अर्जुनधाराका अध्यक्ष रमेश समदर्शी राई, हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम बिमली, फोटो पत्रकार संघका अध्यक्ष बिनोद पाण्डेलगायतको उपस्थिति रहेको थियो

नवनिर्वाचित अध्यक्ष पाठकले संगठनलाई पेशागत मर्यादाभित्र रहेर सुदृढ बनाउँदै लैजाने, डी कौडिण्य पत्रकारीता पुरस्कारका लागि कोष स्थापना गर्ने प्रेस सेन्टरका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमको आयोजना गर्ने प्रतिबद्धता जनाए

 

 

सम्बन्धित समाचार