२०८३ बैशाख १९ गते , शनिबार

विराट पोखरको व्युटिफिकेसनमा सक्रियता बढ्दै

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ८ गते , सोमबार
विराट पोखरको व्युटिफिकेसनमा सक्रियता बढ्दै

बिर्तामोड ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल विराटपोखरको व्युटिफिकेसनमा स्थानीयको सक्रियता बढ्दै गएको बिर्तामोड नगरपालिका स्थित विराटपोखर क्षेत्रको सौन्दर्य बढाउन स्थानीयबासी तथा सरोकारवाला संघसंस्था लागिपरेका हुन्

विराट पोखरी सरोवर बहुउद्धेश्यीय विकास समितिले पोखरी वरपर रहेका बोटविरुवामा रंगरोगन गरेको सो क्षेत्रको आकर्षण बढाउन रंग लगाइएको विकास समितिका सचिव जगन्नाथ भट्टराईले जानकारी दिए पाठक हार्डवेयरका सञ्चालक जय पाठकले पचास हजार रुपैँया मूल्य बराबरको रंग उपलब्ध गराएका थिए यता मन्दिरका लागि माधव झाले रंग उपलब्ध गराएको भट्टराईले जानकारी दिए

सो क्षेत्रको विकासमा सहयोग गर्ने उद्धेश्यले दिपेन चौधरीले १० हजार, रुद्र चुडालले हजार, सन्तोष उप्रेतीले हजार, सागर उप्रेतीले हजार, सन्तोष राउतले हजार एक सय, मेघराज बास्तोलाले हजार, विकास पराजुलीले हजार पचपन्न, गणेश मैनालीले हजार रुपैँया सहयोग गरेको विकास समितिका सचिव भट्टराईले जानकारी दिए  

विराट पोखर सामाजिक युवा समाज, एमकेके ग्रुप, नेप्लिज टिन्स, बिर्तामोड सरसफाई अभियानलगायत विभिन्न संघसंस्थाको सहभागिता रंगरोगन तथा सरसफाई गरिएको

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न यस ठाउँको विकास धार्मिक धरोहरलाई कायम गर्न समिति सदैव क्रियाशिल ,’ सचिव भट्टराईले भने

उनका अनुसार विभिन्न भजनकिर्तन मण्डलीको सहभागितामा शिवरात्रीको दिन भजनकिर्तन तथा सांगितिक साँझसमेत सम्पन्न गरिएको     

सम्बन्धित समाचार