२०८३ बैशाख १९ गते , शनिबार
सहकारीका कलेक्टर हल्दिबारीमा मृत फेला
बिर्तामोड । मेचीनगर–१० का भेषराज खनाल बेपत्ता भएको ८ दिन पछि मृत फेला परेका छन् । खनाल सहकारीको कलेक्सन गर्न भनि माघ २५ गते घरबाट निस्किएपछि बेपत्ता भएका थिए ।
सहकारीको काममा हिँडेका खनाल घर नफर्किएपछि २६ गते उनका भतिज तोयानाथ खनालले खोजतलासका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएका थिए । ४८ बर्षीय खनाल बुधबार हल्दिबारी–५ स्थित शान्ति सामुदायिक वनमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।