२०८३ बैशाख १९ गते , शनिबार

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अष्ट्रेलियाका राजदूत जाने भोल्कबिच शिष्टाचार भेट

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ४ गते , विहीबार
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अष्ट्रेलियाका राजदूत जाने भोल्कबिच शिष्टाचार भेट

काठमाण्डौ । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कबिच शिष्टाचार भेटवार्ता भएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मंगलवार उनीहरुबीच भेटवार्ता भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श हुनुका साथै कमला नदी स्टेट अफ दी बेसिन प्लानको विविध विषयमा छलफल भएको थियो

कमला नदी स्टेट अफ दी बेसिन प्लान जलस्रोत व्यवस्थापनमा नमुना योग्य कार्य हुने वताउदै राजदुत जाने भोल्कले जल तथा उर्जा क्षेत्रमा नेपाल अष्ट्रेलियाबीचको यो सम्झौता अविष्मरणीय रहेको बताए

नेपाल अष्ट्रेलियाबिच दशक लामो कुटनीतिक सम्वन्ध रहेको चर्चा गर्दे उपप्रधानमन्त्री लिङ्देनले कमला नदी बेसिनले कृषि क्षेत्र, त्यहाँका बासिन्दाको आर्थिक स्तरोन्नति चुरेको क्षेत्रमा व्यवस्थापन गर्ने वताए

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अष्ट्रेलियाकोकमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनबीच सन् २०१७ मा समझादारी भएको थियो सो सम्झौताअनुसार कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन जल तथा ऊर्जा आयोगको सविचालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको

कमला नदीको पानीलाई व्यवस्थित रुपले प्रयोग गर्ने चुरे दोहन रोक्ने लगायतका कार्यमा कमला नदी स्टेट अफ दी बेसिन प्लान कार्यान्वयनको चरणमा रहेको

नेपालअस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदुतले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उपप्रधानमन्त्री लिङ्देनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अष्ट्रेलियाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे

फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले पचास हजार वढी विद्यार्थी अष्ट्रेलियामा अध्यनरत रहेको चर्चा गर्दै उनीहरुले लैजाने सामानको क्वारेन्टाइन अन्य समस्यामा सकारात्मक भुमिका खेल्दिन आग्रह गरेका थिए

 

सम्बन्धित समाचार