२०८३ बैशाख १९ गते , शनिबार

लागूऔषध नियन्त्रण पहिलो प्राथमिकता : डिएसपी कार्की

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन १ गते , सोमबार
लागूऔषध नियन्त्रण पहिलो प्राथमिकता : डिएसपी कार्की

बिर्तामोड इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सुरज कार्कीले लागूऔषध नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् आज कार्यालयमा पत्रकार भेटघाट गर्दै उनले धरैजसो अपराधिक घटनामा लागूऔषधको कुनै कुनै सम्बन्ध हुने भन्दै त्यसको नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्

शुक्रबारबाट इलाका प्रहरी कार्यालय अनारमनीको प्रमुखको जिम्मेवारी सम्हाल्न आएका कार्कीले लागूऔषधको कारोबारलाई नियन्त्रण गर्दै चोरीजन्य घटना न्यूनीकरणमा प्रभावकारी अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए डिएसपी कार्कीले बिर्तामोड क्षेत्र अत्यन्तै संवेदनशिल भएकाले उच्च सतर्कताका साथ काम गर्ने बताए

खुला नजिकै सीमा नाका रहेकाले बिर्तामोड लागूऔषध कारोवार प्रयोगकर्ताको केन्द्र विन्दु भएको आफूलाई जानकारी भएको भन्दै कार्कीले त्यसको न्यूनीकरणमा सबै सरोकारवालासँग समन्वय गरेर काम गर्ने बताए

बिर्तामोड लागूऔषधको ट्रान्जिट भएको बुझेको छु,’ डिएसपी कार्कीले भने, ‘इप्रकाभित्र कुल मुद्धाको ४० प्रतिशत भन्दा धेरै मुद्धाहरु लागूऔषधसँग सम्बन्धित

उनले यस क्षेत्रको शान्ति सुरक्षाका लागि बिर्तामोडबासीको साथ सहयोग लिने प्रतिवद्धता जनाएका छन् डिएसपी कार्कीले प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा सुविधा सहजै उपलब्ध गराउने समेत बताए सुर्खेतबाट सरुवा भई आएका डिएसपी कार्कीले अपराध नियन्त्रणका लागि सबैको सहकार्यमा जोड दिएका छन्  

सम्बन्धित समाचार