२०८३ बैशाख १९ गते , शनिबार
दुर्गा प्रसाईको कार्यक्रमबाट नबोली फर्किए ज्ञानेन्द्र शाह
काँकरभिट्टा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बिएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले शुरु गरेको ‘नागरिक बचाउ महाअभियान’मा सहभागी भएका पूर्वराजा ज्ञानेन्द्र शाह नबोली फर्किएका छन ।
मेचीनगरको प्यारीभिट्टामा भएको भेलालाई शाहले उद्घाटन गरेपनि सम्बोधन नगरी फर्किएका छ्न । सपरिवार कार्यक्रममा केहिबेर सहभागी भएर शाहले सर्वसाधारणलाई हात हल्लाएर अभिवादन फर्काएतापनि सम्बोधन भने गरेनन ।
केहि दिनदेखि दमकको हिमालय चिया बगानमा बसिरहेका शाह प्रसाईको अनुरोधमा कार्यक्रममा सहभागी भएको बुझिएको छ ।