२०८३ बैशाख १९ गते , शनिबार
रेखा खोलामा पुल निर्माण सम्पन्न, स्थानीयलाई सहजता
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३ सय १९ रुपैँयाको लागतमा पुल निमार्ण भएको हो ।
९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको यस पुल निर्माणका लागि एन.के कन्ट्रक्सनले ठेक्का लिएको थियो ।
वडा नम्बर ७ का वडाध्यक्ष अविरलकृष्ण खरेलले यहाँ पुल निर्माण भएपछि स्थानीयलाई वारपारी गर्न सहज भएको बताए । उनले पुल नहुँदा यस क्षेत्रमा कटानको समेत समस्या रहेकोले वर्षौदेखि सास्ती खेप्दै आएका स्थानीयले राहत महसुस गरेको बताए ।
बिर्तामोड नगरपालिका क्षेत्र भित्र निर्माण भईरहेका बिकास निर्माणका कार्यहरुलाई समयमै सम्पन्न गराउन नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले प्रत्यक्षरुपमा कडाईका साथ अनुगमन तथा निगरानी गर्दै आएका छन ।