२०८३ बैशाख १९ गते , शनिबार

इञ्जिनमा जहाजलाई हुत्याउने सामर्थ्य नहुँदा दुर्घटना

sajilo news
परिवेश मिडिया
२०७९ माघ २३ गते , सोमबार
इञ्जिनमा जहाजलाई हुत्याउने सामर्थ्य नहुँदा दुर्घटना

काठमाण्डौ गत माघ गते काठमाण्डौबाट पोखरा जाँदै गर्दा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एनएएनसी जहाजको फ्लाइट डाटा रेकर्डर ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगका अनुसार जहाज अवतरण गर्ने क्रममाबेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको

एक एभियसन प्राविधिकका अनुसार यस्तो अवस्थामा जहाजमा अत्यधिक घर्षण उत्पन्न हुन्छ जहाजलाई अगाडि हुत्याउने सामाथ्र्य इन्जिनमा हुँदैन त्यसबेला जहाज आकाशबाट कुनै गह्रौं वस्तु खसे जसरी भुइँमा खस्ने गर्छ यसरी जहाज दुर्घटनामा परेको आयोगले जनाएको उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे भने आयोगले प्राविधिक मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताएका छन्

काठमाण्डौबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फरनवे वान टूबाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो लगत्तै सरकारले दुर्घटना जाँच आयोग गठन गरेको थियो आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो आयोगका संयोजक, हवाई विज्ञ सदस्यसचिव सिंगापुर गएका थिए उनीहरु अनुसन्धान विश्लेषणपछि नेपाल फर्किएका छन्

फ्लाइट डाटा रेकर्डर ककपिट भ्वाइस रेकर्डरको डाटाको विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको सो अवसरमा सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फलाइट प्राविधिक पक्षको थप अध्ययन समेत भएको

आयोगले अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना तथ्यांकको विश्लेषण अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारी समेत गरेको

सम्बन्धित समाचार