२०८३ बैशाख १९ गते , शनिबार

अपाङ्गता भएका बालबालिकालाई इलाम-झापा मैत्री समाजको सहयोग

sajilo news
परिवेश मिडिया
२०७९ माघ २२ गते , आईतबार
अपाङ्गता भएका बालबालिकालाई इलाम-झापा मैत्री समाजको सहयोग

बिर्तामोड इलामझापा मैत्री समाजले अपाङ्गता भएका बालबालिकालाई नगद तथा खाद्यान्न सहयोग गरेको अर्जुनधारा नगरपालिकास्थित कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई  मैत्री समाजले आइतबार नगद तथा खाद्यान्न सहयोग गरेको हो

मैत्री समाजको बिर्तामोड नगर समितिले आफ्नो नियमित गतिविधी अन्तर्गत सरोकार केन्द्रलाई सहयोग गरेको समाजका बिर्तामोड नगर सचिव मिलन कोइरालाले जानकारी दिए उनका अनुसार खानेतेल, दाल, नुन, चिउरा, चिनी, बिस्कुट, साबुन, चाउचाउ सेनेटरी प्याड लगायत खाजा तथा दैनिक भान्सामा आवश्यक सामाग्री उपलब्ध गराइएको थियो समाजले खाद्यान्नसँगै ग्यास सिलिण्डर भर्न दुई हजार रुपैँया नगदसमेत सहयोग गरिएको अध्यक्ष अञ्जु लामिछानेले जानकारी दिइन्

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका संस्थापक अध्यक्ष कृष्ण दुलालले खुसी व्यक्त गर्दै सहयोग निरन्तरताका लागि आग्रह गरे यस्ता किसिमका सहयोगले संस्था सञ्चालनमा सहयोग पुग्नुका साथै बालबालिकाको मन हर्षित हुने उनले बताए केन्द्रमा इलाम झापाका जना अपाङ्ग बालबालिकाहरु रहेका छन्

कार्यक्रममा अध्यक्ष लामिछाने, निवर्तमान अध्यक्ष तिलोत्तमा खत्रीलगायतले मन्तव्य राखेका थिए कार्यक्रममा नगर समितिका पदाधिकारी तथा सदस्यहरु, पूर्व सचिव दिनेश भट्टराई, पूर्व सदस्य सागर रिजाललगायत आजिवन सदस्यहरुको उपस्थिती रहेको थियो

 

सम्बन्धित समाचार