२०८३ बैशाख १९ गते , शनिबार

प्रदेश १ मा कर्मचारी कम हुँदा काम गर्न कठिनाई

sajilo news
परिवेश मिडिया
२०७९ माघ २२ गते , आईतबार
प्रदेश १ मा कर्मचारी कम हुँदा काम गर्न कठिनाई

विराटनगर प्रदेश को सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले दरबन्दीको आधा मात्र कर्मचारी हुँदा काम गर्न कठिन भएको बताएका छन्

मन्त्रालयसहित मातहतका सडक पूर्वाधार तर्फका , भवन निर्माण तर्फका वटा युनिटमा गरी २३६ जना कर्मचारीको दरबन्दी तर दरबन्दीको आधामात्रै जनशक्ति रहेको उनले बताए मन्त्री चापागाईंका अनुसार २३६ दरबन्दीमध्ये १२० जना मात्र कार्यरत छन्

रिक्त रहेका धेरै दरबन्दी प्राविधिक कर्मचारीको रिक्त दरबन्दी पदपूर्ति गर्ने विषयमा छलफल भइरहेको उनले बताए दरबन्दीको ४९।१५ प्रतिशत जनशक्ति कम ,’ उनले भने, ‘दरबन्दी अभावलाई पूर्ति गर्न लोकसेवाको वैकल्पिक लिस्टमा राखेको जनशक्तिलाई लिने कि करारमा नयाँ कर्मचारी भर्ना गर्ने भन्ने विषय छलफलमै

संघीय निजामती ऐन नआउँदा प्रदेशका कर्मचारीको वृत्ति विकास पनि रोकिएको मन्त्री चापागाईंको गुनासो तराईमा नचाहिने स्थानमा पनि झोलुङ्गे पुल निर्माण भइरहेको गुनासो आएको बताउँदै उनले झोलुङ्गे पुल निर्माणको नीतिका विषयमा समीक्षा भइरहेको बताए

उनले ग्रामीण क्षेत्रलाई लक्षित गरेर नमुना ग्रामीण बस्ती सुधार कार्यक्रम अगाडि बढाउने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए

सम्बन्धित समाचार