२०८३ बैशाख १९ गते , शनिबार

ट्रक दुर्घटनामा परि झापामा दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ माघ २० गते , शुक्रबार
ट्रक दुर्घटनामा परि झापामा दुई जनाको मृत्यु

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुई वटा ट्रक आज बिहान आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
ना ६ ख ८८९५ नम्बरको ट्रकलाई ना ३ ख ८३११ नम्बरको ट्रकले आज बिहान ६ बजेतिर पछाडिबाट ठक्कर दिंदा ८३११ नम्बरको ट्रकका चालक र सहचालकको मृत्यु भएको हो ।
मृत्यु भएका ट्रक चालक मदन चौधरी रहेको र सहचालकको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

सम्बन्धित समाचार