२०८३ बैशाख १९ गते , शनिबार

विपन्न ज्येष्ठ नागरिकलाई बिर्तामोडको न्यानो कपडा

sajilo news
परिवेश मिडिया
२०७९ माघ १९ गते , विहीबार
विपन्न ज्येष्ठ नागरिकलाई बिर्तामोडको न्यानो कपडा

बिर्तामोड बिर्तामोड नगरपालिकाले विपन्न ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको

नगरपालिकाको कार्यालयमा आज आयोजित एक कार्यक्रमका विच नगरले एक सय जनालाई व्लाङ्केट वितरण गरेको हो

सामाजिक विकास शाखाको वार्षिक कार्यक्रम अन्तर्गत नगरका १० वटै वडाबाट सिफारीस भएर आएका १०/१० जनालाई व्लाङ्केट वितरण गरिएको नगरका सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले जानकारी दिए

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले विपन्न ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै नगरको तर्फबाट व्लाङ्केट वितरण गरिएको बताइन् आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्दै उनले सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न खानपान, रहनसहनमा ध्यान दिन आग्रह गरिन्

यस्तै नगर उपप्रमुख तथा स्थानीय अपाङ्गता भएका व्यक्तिहरुको अधिकार समन्वय समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाले मापदण्डका आधारमा व्लाङ्केट बितरण गरेको बताऐ यस शिर्षकमा यो वर्ष दुई लाख रुपैयाँमात्रै बजेट रहेकोकारण सबैलाई समेट्न गाह्रो भएको भन्दै उनले बाँकी रहेका विपन्न ज्येष्ठ नागरिकहरुलाई अर्को वर्ष वितरण गर्ने जानकारी दिए

नगरपालिकाले व्लाङ्केट लिन आउने सबै विपन्न ज्येष्ठ नागरिकहरुलाई जनहि दुई सय रुपैयाँका दरले भाडासमेत दिएकोछ न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वडाअध्यक्षहरु मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाई, अजय कार्की लगायत जनप्रतिनिधि कर्मचारीहरुको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार