२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडको ५ वटा वडामा जग्गा वर्गीकरणको काम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ माघ १४ गते , शनिबार
बिर्तामोडको ५ वटा वडामा जग्गा वर्गीकरणको काम सम्पन्न

बिर्तामोड झापाको बिर्तामोड नगरपालिकाले वडा नम्बर देखि सम्मको जग्गा वर्गीकरणको टुंगो लगाएको नगर प्रमुख तथा स्थानीय भूउपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (शनिबार) बसेको बैठकले वटा वडाको जग्गा वर्गीकरणको टुंगो लगाएको हो

नगरपालिकाले भूउपयोग ऐन २०७६ को दफा तथा भूउपयोग नियमावली २०७९ को नियम बमोजिम भूउपयोग क्षेत्र नक्शा तथा विवरण प्राप्त भएकाले उक्त क्षेत्रमा पर्ने जग्गाहरुको भूबनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग आवश्यकताका आधारमा जग्गालाई  भूपयोग ऐन २०७६ को दफा को उपदफा बमोजिमका क्षेत्रमा वर्गीरकण गर्ने निर्णय गरेको हो

नगर प्रमुख पवित्रा महतारा प्रसाईले जग्गा वर्गीकरणका क्रममा आवासीय व्यवसायिक क्षेत्रमा परेका जग्गालाई कृषिमा राख्न इच्छुक भए परिवर्तन गर्न सकिने बताइन उनले यसका लागि नगरपालिकाले आइतबार देखि दिनको समय दिएकोले लिखित निवेदन पेश गर्न आग्रह गरिन नगर प्रमुख प्रसाईले बाँकी रहेका वडा नम्बर देखि १० सम्मका वडाको पनि जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भईरहेकोले जतिसक्दो चाँडै टुंग्याइने जानकारी दिइन नगरपालिकाले वर्गीकरणको प्रक्रिया टुंगिएका देखि सम्मका वडाको कित्ताकाट माघ अन्तिम सम्ममा खुलाउने गरि तयारी गरेको

सरकारले केहि महिना अघि जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको थियो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भूउपयोग नियमावलीमा जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गरिएको जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन् यसैका आधारमा रहेर नगरका वटा वडामा जग्गा वर्गीकरण गरिएको  नगरका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिए

निर्णय गरिएका वटा वडा बजारक्षेत्रमा रहेका कारण आवास, व्यावसायिक, औद्योगिक केहिमात्रामा कृषि क्षेत्रमा पनि परेका छन् यस सम्बन्धि सम्पूर्ण जानकारी नगरपालिकाले कार्यालयको वेबसाइटमा समेत राखेको नगरपालिकाले कृषि क्षेत्रमा वर्गीकरण हुने जग्गामा मालपोत÷भूमिकर लागु गर्नेछ भने अन्य व्यवसायिक, आवासीय औद्योगिक क्षेत्रमा भएको जग्गामा सम्पति कर लागु गर्ने  

सम्बन्धित समाचार