२०८३ बैशाख १९ गते , शनिबार

इलाम-झापा मैत्री समाजको बनभोज सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ माघ १४ गते , शनिबार
इलाम-झापा मैत्री समाजको बनभोज सम्पन्न

अर्जुनधारा । इलाम-झापा मैत्री समाजको बनभोज शनिबार सम्पन्न भएको छ । समाजको बिर्तामोड नगर समितिको आयोजनामा अर्जुनधाराको हलुवागढमा बनभोज सम्पन्न भएको हो ।
इलामबाट आएर झापामा स्थायी/अस्थायी बसोबास गरिरहेका मानिसहरुलाई एकीकृत गर्ने र जन्म तथा कर्म थलोमा समाजिक कार्य गर्ने उद्धेश्यले कृयाशिल मैत्री समाजले सदस्य बिस्तार, प्रचार तथा मनोरञ्जनका लागि बनभोज आयोजना गरिएको संयोजक नरेश कर्मचार्यले जानकारी दिए । कार्यक्रमले झापाको विभिन्न स्थानमा रहेका इलामेलीहरु बिच भेटघाट र मनोरञ्जन प्रदान गरेको उनको भनाई थियो ।
मैत्री समाज बिर्तामोड नगर समितीकी अध्यक्ष अन्जु लामिछानेले सबैलाई समाजमा आवद्ध भएर सामाजिक गतिविधिमा सकृयता देखाउन आग्रह गरिन ।
अनौपचारिक कार्यक्रममा बोल्दै खिवराज दाहालले निकट भविष्यमा सम्पन्न हुन लागेको जिल्ला अधिवेशनले जुझारु पदाधिकारी पाउन सफल होस भन्दै शुभेच्छा ब्यक्त गरे । मैत्री समाजको माध्यमबाट इलामेली मनहरु एक भएको भन्दै सागर रिजालले खुशी ब्यक्त गरे ।
कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष श्याम खड्गी, निवर्तमान बिर्तामोड नगर अध्यक्ष तिलोत्तमा खत्री, जिल्ला तथा नगर समितिका सदस्यहरु लगायत एक सय बढीको सहभागिता रहेको नगर सचिव मिलन कोइरालाले जानकारी दिए । 

सम्बन्धित समाचार