२०८३ बैशाख १९ गते , शनिबार

प्रेमप्रसाद आचार्यले उठाएका बिषयमा छानबिन गर्ने सरकारको निर्णय

sajilo news
परिवेश मिडिया
२०७९ माघ ११ गते , बुधबार
प्रेमप्रसाद आचार्यले उठाएका बिषयमा छानबिन गर्ने सरकारको निर्णय

काठमाण्डौ सरकारले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने ।

उनले गृह मन्त्रालयले छानबिनको काम आज नै अघि बढाउने पनि बताए

आचार्यले मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए उनको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको थियो उनले मृत्यु हुनुअघि फेसबुकमा लामो स्टाटस लेख्दै केही विषयमा छानबिन गर्नुपर्ने बताएका थिए सरकारले सोही विषयमा छानबिन गर्न लागेको हो

गृहमन्त्री लामिछानेले बुधबार नै आचार्यको परिवारसँग भेटेर उनले उठाएका विषयमा छानबिन गर्ने प्रतिवद्धता जनाएका थिए

आचार्यले आफूले व्यवसाय गर्दा अनेकन् समस्याहरु भोग्नु परेको जसका कारण आफू मृत्यु रोज्न बाध्य भएको भन्दै सामाजिक सञ्जालमा लेखेर मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडी आत्मदाह प्रयास गरेका थिए उनको उपचारको क्रममा वुधबार विहान मृत्यु भएको

सम्बन्धित समाचार