२०८३ बैशाख १९ गते , शनिबार

संसद भवन अगाडी आफैलाई आगो लगाएका आचार्यको आज मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ माघ ११ गते , बुधबार
संसद भवन अगाडी आफैलाई आगो लगाएका आचार्यको आज मृत्यु

काठमाण्डौ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो ।
इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।
आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।
आचार्यले आत्मदाह प्रयास गर्नु अघि समाजिक संजालमा आफ्नो कर्मबाट असफलता मात्र हासिल गरेको जसमा राज्य संयन्त्रको हात रहेको भन्दै भावुक स्ट्याटस लेखेका थिए । उनको मृत्यु पश्चात् उनको परिवारलाई आर्थिक सहयोग जुट्न थालेको छ । 

सम्बन्धित समाचार