२०८३ बैशाख १९ गते , शनिबार

आज सोनाम ल्होछार, प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

sajilo news
परिवेश मिडिया
२०७९ माघ ८ गते , आईतबार
आज सोनाम ल्होछार, प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

आज सोनाम ल्होछार२८५९ मनाइँदैछ

तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो

पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरिएको

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो बजे उदघाटन गर्ने कार्यक्रम रहेको

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आफ्नै शैली परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ यस वर्षको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको

सोनाम ल्होछार पर्वको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले शुभकामना व्यक्त गरेका छन् सबै संस्कृतिहरूको समग्रता एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक बहुधार्मिक हुनु नै नेपाल नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो,’ उनले भनेका छन्

नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेपछि धर्मनिरपेक्ष, समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उनको भनाइ यसका लागि तामाङ घेदुङ तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन प्रशंसा गर्न चाहन्छु,’ उनले भने

प्रधानमन्त्री दाहालले ल्होछारको अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्

सम्बन्धित समाचार