२०८३ बैशाख १९ गते , शनिबार
एक दिन कैद सजाय पाएका सुवेदी पक्राउ
बिर्तामोड । बैंकिङ कसुरमा १ दिन कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । कनकाई ४ झापाका २८ बर्षीय शिवु सुवेदी पक्राउ परेका हुन् ।
सुवेदीलाई उच्च अदालत विराटनगर इलाम इजलासले १ दिन कैद र १ लाख पाँच हजार रुपैँया सजाय तोकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुवेदीलाई गत असार ८ गते उक्त जरिवानासँगै पिडित राहत कोषमा चार हजार दुई सय रुपैँयासमेत जम्मा गर्नुपर्ने अदालतले आदेश दिएको थियो । मंगलबार पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।