२०८३ बैशाख १९ गते , शनिबार

विमान दुर्घटनामा मृत्यु भएका ६८ जना मध्ये २६ जनाको पहिचान

sajilo news
परिवेश मिडिया
२०७९ माघ २ गते , सोमबार
विमान दुर्घटनामा मृत्यु भएका ६८ जना मध्ये २६ जनाको पहिचान

पोखरा पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको

आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए

अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोंचमा खसेको थियो दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको

दुर्घटनामा मृत्यु गुमाएर पहिचान खुल्नेमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा का डा। सुशील श्रेष्ठ उनकी श्रीमती डा। सोना दिवाकर  रहेका छन्

पर्वतको कुश्मा ( का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा की लक्ष्मी पौडेल, पर्वत कुश्मा ( कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन्

यस्तै, रुपन्देही शंकर का डा। गणेश थापा, काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन एलेनको पहिचान खुलेको प्रहरीले जनाएको

हराइरहेका जनाको बिहानैदेखि खोजि भइरहेको दुर्घटनामा मृत्यु भएर पहिचान खुलेका शव आजै परिवारलाई जिम्मा लगाइँदै भने पहिचान नखुलेका शव काठमाडौं पठाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए

सम्बन्धित समाचार