२०८३ बैशाख १९ गते , शनिबार

दमकमा आगलागीबाट पाँच वटा पसलमा क्षति

sajilo news
परिवेश मिडिया
२०७९ माघ १ गते , आईतबार
दमकमा आगलागीबाट पाँच वटा पसलमा क्षति

दमक । झापाको दमक नगरपालिका ६ नमुना मार्गस्थित राजु श्रेष्ठको जुत्ताचप्पलमा आगलागी हुँदा अन्य चार वटा पसलमा समेत क्षति भएको छ । श्रेष्ठको पसलमा बिद्युत सर्ट भई आगलागी हुँदा सँगै रहेको संगिता श्रेष्ठ, बिजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको कपडा, कस्मेटिक पसलमा समेत आगो फैलिएर क्षति भएको प्रहरीले जनाएको हो ।
माघ १ गते बिहान करिब ३ बजेर २० मिनेट जाँदा आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय जापाले जनाएको छ । दमक, कमल, गौरादह, मोरङको उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगयमा इलाका प्रहरी कार्यालय दमकको टोलीले बिहान ६ बजे आगो नियन्त्रणमा लिएको जिप्रका झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ । 

सम्बन्धित समाचार