२०८३ बैशाख १९ गते , शनिबार
अवैध रुपमा नदि उत्खनन् गरिरहेको दुईवटा त्याक्टर चालकसहित नियन्त्रण
मेचीनगर । झापाको मेचीनगरबाट अवैध रुपमा नदि उत्खनन् गरिरहेको दुईवटा त्याक्टर चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर-३ निन्दा खोलाबाट शुक्रबार प्रदेश १-०१-००१ त ८९४२ र प्रदेश १-०१-००१ त ८३१७ नम्बरको ट्याक्टर प्रहरी चौकी बाहुनडाँगीले नियन्त्रणमा लिएको हो ।
शुक्रवार दिँउसो पौने ५ बजे अवैध रुपमा ढुंगा गिटी उत्खनन् गरिरहेको अवस्थामा ट्याक्टरसहित चालकहरु स्थानीय २० बर्षीय सागर तामाङ र २२ बर्षीय सुजन धिमाललाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको जिप्रका झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।