२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकल दुर्घटनामा नेम्बाङको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ पौष २७ गते , बुधबार
मोटरसाइकल दुर्घटनामा नेम्बाङको मृत्यु

बिर्तामोड । मेचीनगर नगरपालिका ७ निन्दा पुलमा मोटरसाइकल दुर्घटना हुँदा मेचीनगर १ का ३३ बर्षीय सुसाहाङ नेम्बाङको मृत्यु भएको छ । 
मङ्गलबार साँझ ७ बजेर ३० मिनेटमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे २ प ७०९२ नं. को मोटरसाइकललाई सोहि दिसा तर्फ जाँदै गरेको मे ५ प १९४३ नं. को मोटरसाइकलले आफै अनियन्त्रित भई पुलको रेलिङमा ठोक्कि पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा ठक्कर दिने मोटरसाइकल चालक नेम्बाङ घाइते भएका थिए । नेम्बाङको उपचारको क्रममा बिएण्डसी अस्पतालमा राती ८ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मे २ प ७०९२ नं. को मोटरसाइकल चालक ५३ बर्षीय सुर्यनारायण चौधरी घाईते भई एन्जल मेडिकल धुलाबारीमा उपचार भई रहेको जिप्रका झापा प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । 

सम्बन्धित समाचार