२०८३ बैशाख १९ गते , शनिबार
चौथो नेवा: फुड फेस्टिबल सम्पन्न
बिर्तामोड । झापाको बिर्तामोडमा शनिबार चौथो नेवा: फुड फेस्टिबल सम्पन्न भएको छ । नेवा: ल्याम्हु पुच: नेवा: मिसा पुच: बिर्तामोड झापाको आयोजनामा फेस्टिबल सम्पन्न भएको हो ।
भाषा संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौँ भन्ने मूल नाराका साथ फेस्टिबल आयोजना गरिएको नेवा: पासा मुना पुच: बिर्तामोडकि निवर्तमान अध्यक्ष इश्वरा श्रेष्ठले जानकारी दिइन । फेस्टिबलमा बफ म:म:, योमरी, बारा, छोइला लगायत विभिन्न नेवारी खानाका परिकार उपलब्ध रहेको थियो । लाखे नाचसमेत कार्यक्रममा प्रस्तुत गतिएको थियो ।
कार्यक्रम स्थलमा नेवारी खाना खानेहरुको बाक्लो उपस्थिति रहेको थियो । आयोजकहरु नेवारी भेषभुषामा सजिएका थिए ।