२०८३ बैशाख १९ गते , शनिबार

इलाम झापा मैत्री समाज बिर्तामोडमा लामिछाने

sajilo news
परिवेश मिडिया
२०७९ पौष २३ गते , शनिबार
इलाम झापा मैत्री समाज बिर्तामोडमा लामिछाने

बिर्तामोड । इलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिको अध्यक्षमा अन्जु लामिछाने चयन भएकिछन । समितिको शनिबार भएको पाँचौ साधारणसभा तथा तेस्रो नगर अधिवेशनबाट लामिछानेको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा सुधा शर्मा ज्ञवाली, सचिव मिलन कोइराला, सहसचिवमा शिव खनाल, कोषाध्यक्षमा दुर्गा पोख्रेल घिमिरे, सदस्यहरु कृष्णभक्त तिम्सिना, गंगा खनाल, मेनुका तिखत्री, बजरंग गर्ग, बिमला पौडेल, आर्जु खतिवडा, केदार निरौला र पुस्कल बस्नेत चयन भएको निर्वाचन मण्डलका सदस्य खिवराज दाहालले जानकारी दिए ।
इलाममा जन्मिएर झापालाई कर्मथलो बनाएका ब्यक्तिहरुको सामाजिक संस्थाको रुपमा मैत्री समाज कृयाशिल रहेको छ । समाजले अस्पतालहरुको सहयोगमा इलाममा स्वास्थ्य शिविर संचालन, राहत वितरण, बाल तथा वृद्धाश्रममा खाध्यान्न वितरण जस्ता सामाजिक कार्य गर्दै आएको निवर्तमान अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन । 

कार्यक्रममा सुशिला श्रेष्ठले नगर समितिलाई एक हजार १११, इश्वरा श्रेष्ठले ११ हजार र अक्षय कोषका लागि तारा उप्रेती बिमलीले २५ हजार रुपैयाँ सहयोगको घोषणा गरेको नवनिर्वाचित सचिव मिलन कोइरालाले जानकारी दिए । 
संगिता बाबा प्रसाईं र महेन्द्र राईले समाजमा महत्वपूर्ण सहयोग गरेको भन्दै सम्मान गरिएको थियो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी जयनारायण ढुंगाना र अध्यक्ष तिलोत्तमा खत्रीले खदा लगाएर सम्मान गरेका थिए ।
सागर रिजालले संचालन गरेको कार्यक्रममा बिशिष्ठ अतिथिहरु भीष्म वैद्य, बिनोद बस्नेत, मैत्री समाज झापाका परिकल्पनाकार तथा पूर्व अध्यक्ष श्याम खड्गीलगायत इलामेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार