२०८३ बैशाख १९ गते , शनिबार

कबड्डी खेल्दा खेल्दै बेहोस भएका खेलाडीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ पौष २० गते , बुधबार
कबड्डी खेल्दा खेल्दै बेहोस भएका खेलाडीको मृत्यु

बिर्तामोड झापाको दमकस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दै बेहोस भएका एक खेलाडीको मृत्यु भएको

कबड्डी खेल खेल्दैगर्दा संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर स्थायी घर भएका लाप्चक भोटे घाईते भएका थिए दमक स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको खेलमैदानमा प्रतिष्ठानले आयोजना गरेको कबड्डी खेलमा प्रतिष्ठानमा सिभिल ईन्जिनियर डिप्लोमा फस्र्ट लेभलमा पढ्ने १८ वर्षिय भोटे कबड्डी खेल्ने क्रममा अचानक बेहोस भएका थिए खेल सुरु भएको मिनेटमा नै भोटे बेहोस भएको तत्काल उर्लाबारीस्थित गोदावरी हस्पिटलमा लगिएको थियो गोदावरीमा उपचार सम्भव नभएपछि तत्कालै बिर्तामोडस्थित बिएण्डसी हस्पिटल रिफर गरिएको थियो

उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरले बताए अस्पतालमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए भोटे जिल्लास्तरीय खेलाडी रहेका थिए प्रतियोगितामा उनी टिम क्याप्टेन रहेको प्रतिष्ठानले जनाएको

सम्बन्धित समाचार