२०८३ बैशाख १९ गते , शनिबार

किड्नीको समस्याबाट पिडित पूर्व जनमुक्ति सेनालाई सहयोग हस्तान्तरण

sajilo news
परिवेश मिडिया
२०७९ पौष १९ गते , मंगलबार
किड्नीको समस्याबाट पिडित पूर्व जनमुक्ति सेनालाई सहयोग हस्तान्तरण

बिर्तामोड । ताप्लेजुङ्ग  जिल्ला सिदिङ्गबा गाउँपालिका ४, साब्लाखु निवासी सक्कल लिम्बू (सागर) लाई सहयोग रकम हस्तान्तरण गरिएको छ । किड्नीको समस्याबाट ग्रसित पूर्व जनमुक्ति सेनामा समेत काम गरेका लिम्बूलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
दुवै किड्नीले काम नगर्ने अवस्थामा बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार गराइरहेका लिम्बूलाई नेकपा माओवादी केन्द्र बिर्तामोड नगर समितीको संयोजनमा संकलित रकम आज अस्पतालमै पुगेर हस्तान्तरण गरिएको नगर समितिका सचिव गणेश कालिकोटेले जानकारी दिए । शुभेच्छुकहरुबाट संकलित बीस हजार रुपैयाँ लिम्बूकी श्रीमतीलाई हस्तान्तरण गरिएको उनले बताए । लामो समय जनयुद्धमा होमिएर परिवर्तन ल्याउन ज्यानको बाजी थापेकाहरुलाई राज्यले बेवास्ता गरेका कारण आफुहरुले लिम्बूको उपचारमा पहलकदमी लिएको कालिकोटेको भनाई छ ।
अस्पतालले पनि उपचार खर्चमा बीस प्रतिशत छुट उपलब्ध गराएको छ ।
माओवादी केन्द्र झापा सह इन्चार्जहरु सिपी कडरिया, ज्योतिसिं दर्लामी, अनेम संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य निरु खतिवडा, माओवादी केन्द्र बिर्तामोड उपाध्यक्ष जेबी जबेगु, वाइसीएल प्रदेश इन्चार्ज कुमार आचार्य, बिर्तामोड नगर अध्यक्ष सुदिप खवासलगायत शुभचिन्तकहरु अस्पतालमा उपस्थित भएका थिए । 

सम्बन्धित समाचार