२०८३ बैशाख १९ गते , शनिबार

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ पौष १९ गते , मंगलबार
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिर्तामोड । झापा बुद्धशान्ति ३ झिलमिले पुलमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा घाइते केराबारी ८ मोरङका २१ बर्षीय योसन लिम्बूको मृत्यु भएको हो ।
मङ्गलबार साढे १ बजे को २० प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १-०१-००१ त ९७९७ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाँदा मोसा चालक लिम्बू र पछाडी सवार बेलबारी ४ मोरङ निवासी १७ बर्षीया लिआ श्रेष्ठ घाइते भएका थिए । घाइते लिम्बूको उपचारको क्रममा बिएण्डसी अस्पतालमा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्याक्टर चालक इलाम रोङ गाउँपालिका वडा नं.४ बस्ने बर्ष ३३ को डिल्लीबहादुर लेप्चा प्रहरी नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार