२०८३ बैशाख १९ गते , शनिबार

अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ पौष १९ गते , मंगलबार
अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

बिर्तामोड । झापाको मेचीनगर २ मा अटोले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६० बर्षीय रबिलाल दनुवारको मृत्यु भएको छ ।
सोमबार साँझ मे १ ह ७१५३ नम्बरको अटोको ठक्करबाट गम्भिर घाइते भएका दनुवारलाई आम्दा अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि बिएण्डसी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अटो र अटो चालक स्थानीय ४० बर्षीय भुपाल बास्तोलालाई नियन्त्रणमा लिई अनुसन्धान भइ रहेको जिप्रकाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । 

सम्बन्धित समाचार