२०८३ बैशाख १९ गते , शनिबार
अनिश्चितकालिन राहदानी सेवा अवरुद्ध
बिर्तामोड । झापामा अनिश्चितकालिन राहदानी सेवा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सोमबार एक सूचना जारी गर्दै आजदेखि राहदानी सेवा अवरुद्ध भएको जानकारी गराएको हो ।
विद्युतीय राहदानीको अनलाइन प्रणाली सम्बन्धी सफ्टवेयरमा समस्या आएको कारणले अनलाइन कार्य हुन नसकेको र उक्त समस्या समाधान गर्न केही समय लाग्ने भन्ने राहदानी विभागबाट जानकारी प्राप्त भएको जनाइएको छ ।
अर्को सूचना जारी नभएसम्म लागि बायोमेट्रिक तथा फोटो खिच्ने कार्य अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जारी गरेको सूचनामा उल्लेख छ ।