२०८३ बैशाख १९ गते , शनिबार
बुधबारेबाट तीन जना बेवारिसे बालकको उद्वार
बिर्तामोड । झापाको बुद्धशान्तिबाट प्रहरीले तीन जना बेवारिसे बालकको उद्वार गरेको छ । आइतबार बुद्धशान्ति–३ स्थित बुधबारे बजारबाट १३ बर्षीय एन्जल लिम्बू, ११ बर्षीय सुशिल लिम्बू र १० बर्षीय होमन्च मगरको प्रहरीले उद्वार गरेको हो ।
बेवारिसे अवस्थामा फेला परेका बालकहरुलाई जनप्रतिनिधी तथा सञ्चारकर्मीहरुको उपस्थितीमा इलाका प्रहरी कार्यालय बुधबारेले बालबालिका खोज तलास समन्वय केन्द्र विराटनगरबाट आएको प्रसनि नारायण कटुवालको जिम्मामा अस्थायी संरक्षण केन्द्र इटहरी पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।