२०८३ बैशाख १९ गते , शनिबार

बेपत्ता श्रीमती खोजि गरिदिन अर्जुनधाराका खनालको आग्रह

sajilo news
परिवेश मिडिया
२०७९ पौष ८ गते , शुक्रबार
बेपत्ता श्रीमती खोजि गरिदिन अर्जुनधाराका खनालको आग्रह

बिर्तामोड झापा अर्जुनधारा नगरपालिका खुदुनाबारीका धनप्रसाद (नरेश) खनालले श्रीमती रेनुका खनाल हराएको भन्दै खोजि गरिदिन आग्रह गरेका छन् पुष गते शनिबार रेनुका खुदुनाबारीस्थित घरबाट हात्तिसुँडेस्थित घर जान भनि हिडेपनि हालसम्म घर नआएकाले खोजि गरिदिन धनप्रसादले आग्रह गरेका हुन

रेनुका केहि महिनादेखि उपचारका लागि खुदुनाबारीस्थित घरमा छोराछोरीको साथमा बस्दै आएकी श्रीमान् धनप्रसादले बताए मधुमेहबाट पिडीत रेनुका उपचारपश्चात हात्तीसुँडे फर्कने श्रीमान श्रीमतीबिच सल्लाह भएको भएपनि पुष गते शनिबारदेखि श्रीमती रेनुका तीन तोला सुन चार लाख रुपैँया नगद लिएर बेपत्ता भएको धनप्रसादको भनाई श्रीमती बेपत्ता भएकाले खोजिगरिदिन पुष गते अस्थायी प्रहरी बिटको कार्यालय रोङ बरफल्याङमा निवेदन दिएपनि हालसम्म फेला नपरेको धनप्रसादले बताए

रेनुका गाउँकै एक पुरुषसँग हिँडेको धनप्रसादको आशंका राई थरका निज पुरुषसँग रेनुकाको अवैध सम्बन्ध रहेको भन्दै गत वैशाखमा छरछिमेकी बसेर आइन्दा त्यस्तो व्यवहार नगर्ने सहमति भएको धनप्रसादले बताए तर रेनुका बेपत्ता भएकै दिनदेखि उक्त व्यक्तिसमेत गाउँबाट हिँडेकाले उनैले आफ्नी श्रीमती बेपत्ता पारेको धनप्रसादको आरोप

खनालले चाँडो निजहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन आफ्नो धनमाल फिर्ता गराइदिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् उनले आफूमाथि सुरक्षा चुनौतीसमेत रहेको भन्दै प्रहरीसमक्ष सुरक्षा व्यवस्था मिलाईदिन अनुरोध गरेका छन्

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस

बेपत्ता श्रीमती खोजि गरिदिन अर्जुनधाराका खनालको आग्रह

सम्बन्धित समाचार