२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा यूनियनको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ पौष ७ गते , विहीबार
बिर्तामोडमा यूनियनको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बिर्तामोड । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता क्षमता अभिवृद्धि तालिम कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न गरेको छ । कम्पनीले बिहीबार बिर्तामोडको सिटी सेन्टरमा अंग्रेजी बर्ष २०२२ को अन्त्य नजिकिएसँगै ब्यवसाय वृद्धिका लागि कार्यक्रम आयोजना गरेको हो ।
अभिकर्ताहरुको अन्तर्राष्ट्रिय छाता संगठन मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) लक्षित कार्यक्रम आयोजना गरिएको कम्पनीका प्रदेश १ प्रमुख भुपराज पराजुलीले जानकारी दिए । कार्यक्रमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले सहजीकरण गरेका थिए । कर्णले एमडीआरटी हुनुको महत्व बारे प्रकाश पार्दै छोटो समयमा एमडीआरटी बन्ने उपायहरुको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा प्रदेश १ बाट यूनियनमा पहिलो एमडीआरटी २०२३ बन्न सफल खिवराज दाहाललाई सम्मान गरिएको थियो ।
प्रदेश स्तरीय कार्यक्रम अन्तर्गत बिहीबार झापाबाट शुरु भएको कार्यक्रम शुक्रबार इलाम, शनिबार धनकुटा र आइतबार इटहरीमा गरेर समापन गरिने कम्पनीका प्रदेश १ उपप्रमुख नविन मिश्रले जानकारी दिए ।
कार्यक्रममा बिर्तामोड शाखा प्रमुख बद्री भण्डारी, बुद्धशान्तिका प्रमुख ओम खतिवडा, भद्रपुर शाखा प्रमुख निरज निरौला, धुलाबारी शाखा प्रमुख गोपाल दाहाल, सुरुङ्गा शाखा प्रमुख नारायण थापा, काकरभिट्टा शाखा प्रमुख दिपक पौडेललगायत उर्लाबारी पूर्वका अभिकर्ता र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार