२०८३ बैशाख १९ गते , शनिबार

झापाको चारआली जंगलमा इङ्नाम दम्पती मृत फेला

sajilo news
परिवेश मिडिया
२०७९ पौष ४ गते , सोमबार
झापाको चारआली जंगलमा इङ्नाम दम्पती मृत फेला

बिर्तामोड । झापाको चारआलीस्थित जंगलमा एक दम्पती मृत फेला परेका छन । अर्जुनधारा-११ का नेत्रकुमार इङ्नाम लिम्बू र निजकी कान्छी श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
पाउ पाथिभरा मन्दिरबाट एक किलोमिटर पश्चिमबाट अढाई किलोमिटर दक्षिणमा ५२ बर्षीय इङ्नाम र नाम खुल्न बाँकी उनकी कान्छी श्रीमतीको शव फेला परेको इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । सडेगलेको अवस्थामा शव फेला परेको र उनीहरुको सनाखत भइसकेको उनले बताए । शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी हुनुका साथै घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार