२०८३ बैशाख १९ गते , शनिबार

झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ पौष १ गते , शुक्रबार
झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

बिर्तामोड । झापाको कमल गाउँपालिकामा आज दिउँसो भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट बेलबारी नगरपालिका-८ बस्ने ५८ बर्षीय तुलसादेवी गुरूङको मृत्यू भएको प्रहरीले जनाएको छ ।
शुक्रवार दिउँसो १:४० बजे कमल-५ स्थित पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्गमा निस्किएर पश्चिम तर्फ मोड्ने क्रममा को. ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार गुरूङको घटनास्थलमै मृत्यू भएको जिप्रका झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार मोटरसाइकल चालक कमल-१० बस्ने बर्ष ५८ को  शुक्रबहादुर तामाङ सकुशल रहेका छन । मोटरसाइकल, बस, बस  चालक जिल्ला भोजपुर अरूण गाउँपालिका-५ बस्ने बर्ष ३० को बलबहादुर राई ईप्रका दमकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार