२०८३ बैशाख १९ गते , शनिबार

वैवाहिक बर्षगाँठको अवसरमा विद्यार्थीलाई स्वेटर वितरण

sajilo news
परिवेश मिडिया
२०७९ पौष १ गते , शुक्रबार
वैवाहिक बर्षगाँठको अवसरमा विद्यार्थीलाई स्वेटर वितरण

बिर्तामोड मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बाको वैवाहिक बर्षगाँठको अवसरमा विद्यार्थीलाई स्वेटर वितरण गरिएको
माङ्सेबुङ–४, इलामस्थित विद्या सिर्जनात्मक माध्यमिक विद्यालयमा अध्ययरत प्राथमिक तहका विद्यार्थीहरुलाई विहिबार एक कार्यक्रमका बिच स्वेटर वितरण गरिएको मेची महाकाली बुहारी संयुक्त आवाज झापाकी सचिव कबिता थापाले जानकारी दिइन थापाका अनुसार संस्थाकी अध्यक्षको वैवाहिक बर्षगाँठको अवसर पारेर उपाध्यक्ष चन्द्रा काफ्लेले स्वेटर वितरण गरेकी हुन


कार्यक्रममा बुहारी संयुक्त आवाजकी झापा उपाध्यक्ष गंगा भट्टराई, सचिव थापा, कोषाध्यक्ष परु सुवेदी, सदस्य सिमा अधिकारी, दमक उपशाखा संयोजक जमुना निरौला, कोषाध्यक्ष जुनु भट्टराई, सदस्य अनु ओडारी शिक्षिका रिता आचार्यको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार