फिमेल इङग्लिस टिचर्स कन्फ्रेन्स २०२२ बिर्तामोडमा शुरु
बिर्तामोड । नेपाल इङग्लिस ल्याङ्गवेज टिचर्स एशोसिएसन (नेल्टा) को आयोजनामा झापाको बिर्तामोडमा दुई दिने ‘फिमेल इङग्लिस टिचर्स कन्फ्रेन्स २०२२’ शुरु भएको छ । नेपालमै पहिलो पटक दुई दिवसीय सम्मेलन झापाको बिर्तामोडमा शुक्रबारबाट शुरु भएको हो ।
प्रेरणा, नेतृत्व र प्राविधिक शिक्षण मार्फत महिला अंग्रेजी शिक्षकहरुलाई सशक्तिकरण गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको नेल्टा झापाका अध्यक्ष धमेन्द्र भट्टराई (मामा) ले बताए । सम्मेलनमा झापाका सामाुदायिक तथा नीजि विद्यालयमा अंग्रेजी बिषय पढाइरहेका तीनसय वढी महिला शिक्षकको सहभागीता रहेको छ ।
सम्मेलनमा प्रमुख वक्ताको रुपमा नेल्टाकी अध्यक्ष प्रो.मोतिकला सुब्वा देवान, नेल्टाका सल्लाहकार हेमन्तराज दाहाल, नेल्टाका बरिष्ठ उपाध्यक्ष प्रो. लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा बिशेषज्ञ बैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एन्जीला बिष्ट र युएसका दुईजनाले बिज्ञहरुले सहजीकरण गर्ने जनाइएको छ । सम्मेलन भोली शनिवार सम्पन्न हुनेछ ।