२०८३ बैशाख १९ गते , शनिबार

लैङिगक समानता ल्याउन मोरङमा दलका नेता, जनप्रतिनिधि र अधिकृतहरुको प्रतिबद्धता 

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर २३ गते , शुक्रबार
लैङिगक समानता ल्याउन मोरङमा दलका नेता, जनप्रतिनिधि र अधिकृतहरुको प्रतिबद्धता 

विराटनगर मोरङका राजनैतिकदलका नेता, पालिका प्रमुख प्रशासकिय अधिकृतहरुले  समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन

दलित महिला केन्द्रले विहिवार विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा दलका नेता पुरुष जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन

एकिकृत समाजबादी प्रदेश का सदस्य कविराज घिमिरेले घरदेखि दलसम्म महिलाहरुलाई नेतृत्वमा अवसर दिन सकेमात्र समाजबाट लैङिगक असमानता हटेर समानता आउने भएकोले आफु आफनो पार्टी त्यसका लागि सजग सचेत रहने प्रतिबद्धता गरे

माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जनयुद्ध जनआन्दोलनपछि निर्माण भएको  २०७२ को संबिधानले महिलालाई अधिकार दिएपनि पुरुषबादी चिन्तनमा परिवर्तन आउन नसक्दा समाजमा अझै लैङिगक समानता आउन नसकेको हो भने उनले समाजमा विद्यमान सबैखाले असमानता हटाउन माओबादी केन्द्र सधै तत्पर रहेको रहिरहने बताए

नेपाली काँग्रेस मोरङका सहसचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाहरुले सफल रुपमा नेतृत्व निर्वाह गर्न सक्छन भन्ने प्रशस्त उदाहरण भएकाले उनीहरुलाई घर दल दुवैमा अवसर दिन आफुहरु तयार रहेको बताए जनता समाजबादी  पार्टी मोरङका नेता राधे कामतले महिलाहरुलाई नेतृत्व दिन सबै राजनैतिक दलहरुहरु प्रतिबद्ध हुनु पर्नेमा जोड दिए

उर्लाबारी नगरपालिका प्रमुख गंगा खरेलले लैङिगक समानता ल्याउन महिलाहरुले मात्र आवाज उठाएर पुग्दैन भन्दै पुरुषहरुले पनि अग्रसर भएर उनीहरुको हक अधिकारका लागि लडनु पर्नेमाजोड दिए सुन्दरहरैचा नगरपालिका प्रम्ख केदारप्रसाद गुरागाईले पनि राजनैतिकदलहरुले चिन्तनमा परिवर्तन नगर्दा महिलाहरुको अवसर कुण्ठित भैरहेको बताए उनले आफुले गर्ने सबै नीतिहरु महिलालाई प्राथमिकता दिएर निर्माण गराएर कार्यान्वयन गराउने प्रतिबद्धता जनाए  

कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाहरुले नेतृत्वमा अर्थपुर्ण सहभागिता पाएमात्र समाजमा लैङिगक समानता आउने बताउदै आफुहरुले बजेट नीति बनाउँदा महिला अधिकारबारे बिशेष ख्याल गरिरहेको गरिरहने बताए

बेलबारी नगरपालिका प्रम्ख डिपी राईले महिलाहरुलेसक्दिनभनेर हिनभावना राखेर हैन सधैसक्छुभनेर अगाडी बढे नेतृत्वमा सधै सफल हुने विश्वास व्यक्त्त गरे

रंगेली नगरपालिका उपप्रम्ख झुमा पराजुलीले अझै पनि बजेट नीतिहरु निर्माण गर्दा महिलाहरुलाई उपेक्षा गर्ने चलन कायमै रहेको बताइन

लैङिगक समानता निर्वाचित जनप्रतिनिधिहरुको राजनैतिक सहभागीता अभिबृद्धीबारे उक्त अन्र्तक्रियामा मोरंङका नौ वटा पालिकाहरुका प्रमुख , उपप्रमुख प्रशासकिय अधिकृतसहित राजनैतिक दलका जिल्ला नेताहरु सहभागी थिए

 

सम्बन्धित समाचार